अफगानिस्तानको उत्तरी भेगमा एक कोइला खानी भत्किँदा ३२ खानी मजदुर फसेका छन् । शनिबार राती समङ्गन प्रान्तको दारा–ए सोफ पाइन जिल्लाको खानी भत्किएको समङ्गनका गभर्नरका एक प्रवक्ताले जनाएको छ ।
फसेका मध्ये कति जना मरेका छन् ? वा जीवित छन् भन्ने स्पष्ट नभएकाे जनाएको छ । उत्खननकर्ता र उद्धारकर्ताहरूले बिहानदेखि काम गरिरहेका छन् तर दुर्भाग्यवश खानीको ढोका अझै खोल्न सकिएको छैन ।
सन् २०२२ फेब्रुअरीमा उत्तरी प्रान्त बघलानमा कोइला खानी भत्किँदा भूमिगत फसेका कम्तीमा १० खानी मजदुरको मृत्यु भएको थियो ।
सन् २०२० जुनमा समङ्गनको एउटा खानीमा ग्याँस विस्फोट हुँदा गुफामा पसेका सात खानी मजदुरको मृत्यु भएको थियो ।
एक वर्षअघि बदाखसान प्रान्तमा सुनको खानी भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । त्यहाँ गत वर्ष जनवरीमा अर्को सुन खानी भत्किएको थियो । उक्त दुर्घटनामा मृत्यु अज्ञात छ ।











