डोटी , बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना तोकिएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोटी का अनुसार जिल्ला अदालत डोटीको २०८२ वैशाख २६ गतेको फैसलाअनुसार १० दिन कैद सजाय र ४० लाख रुपैयाँ जरिवाना तोकिएकी आदर्श गाउँपालिका–३ की ४० वर्षीया सन्जा कुमारी कठायत रोकाया शुक्रबार पक्राउ परेकी हुन्।
फैसला कार्यान्वयनका क्रममा फरार रहेकी उनलाई प्रहरी टोलीले दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकी रोकायालाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।











