कञ्चनपुर / कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–५ महावीर खल्लामा ट्याक्टर दुर्घटनामा परी चालककाे मृत्यु भएकाे छ । आइतबार से १ त ३३७९ नम्बरको ट्याक्टर पल्टिँदा सोहि ठाउँका विमल रानाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । उनकाे ट्याक्टर मुनी च्यापिएर ज्यान गएकाे हाे ।
ट्याक्टरमा सवार रहेका तारासिँ भने सकुशल रहेका छन्। दुर्घटनाकाे कारण नखुलेकाले घटनाको थपअनुसन्धान भैरहेको प्रहरी स्राेतले जनाएको छ र











