युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी । सुदूरपश्चिम प्रदेशमा तीन हजार ७२३ जना एचआइभी/एड्स सङ्क्रमितले उपचार गराइरहेका छन् । प्रदेशभरि चार हजार नौ सय एचआइभी सङ्क्रमित पत्ता लागे पनि उपचार गराउनेको सङ्ख्या कम रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार बाजुरामा ६२, बझाङमा ९१, दार्चुलामा ४५, बैतडीमा १२८, डडेलधुरामा ११५, डोटीमा ४९३ सङ्क्रमितले हाल उपचार गराइरहेका छन् ।

यसै गरी अछाममा ५८४, कैलालीमा एक हजार ७४५ र कञ्चनपुरमा ४६० जना सङ्क्रमित एआरटी उपचार गराइरहेका छन् । यो प्रदेशमा १७ स्थानबाट एआरटी उपचार सेवा उपलब्ध रहेको छ । उपचार गराइरहेकामध्ये एक हजार ९२० जनामा रोग सार्ने भाइरल लोड कम भएको निर्देशनालयका एचआइभी स्रोतव्यक्ति मनोज ओझाले जानकारी दिनुभयो ।

यस प्रदेशमा पछिल्लो तीन वर्षयता नयाँ एचआइभी सङ्क्रमित थपिने सङ्ख्या स्थिर रहेको निर्देशनालयले जानकारी दिएको छ । फेला परेका सङ्क्रमितलाई नियमित उपचारमा ल्याएका र एआरटी सेवाका कारण सङ्क्रमण दर घटेको ओझाले बताउनुभयो । अहिले एआरटी औषधी धेरै राम्रो आएको उल्लेख गर्दै नियमित एआरटी खाएमा सङ्क्रमितबाट एचआइभी सर्ने दर (भाइरल लोड) ९० प्रतिशत कम हुने गरेको बताइएको छ । नियमित औषधी सेवन गर्ने सङ्क्रमित सामान्य जीवनयापन गर्ने गरेको जनाइएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभरि २१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितमा पुरुष १२९, महिला ८५ र यौनिक अल्पसङ्ख्यक चार रहेको जनाइएको छ ।

नयाँ पत्ता लागेकामध्ये २१४ जनाले उपचार गराइरहेका निर्देशनालयले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा नयाँ पत्ता लागेको सङ्ख्या केही कम रहेको निर्देशनालयका एचआइभी स्रोतव्यक्ति ओझाले बताउनुभयो ।

यसैबिच गत आवमा सुदूरपश्चिमका ६४ सङ्क्रमितले एड्सका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पुरुष ४०, महिला २३ र यौनिक अल्पसङ्ख्यक एक रहेको जनाइएको छ ।

विगतमा यो प्रदेशमा एचआइभी/एड्सको समस्या भयावह रहेको थियो । पछिल्लो समय सङ्क्रमण दर धेरै घटे पनि गत आवसम्म यो प्रदेशभरि अनुमानित चार हजार २६५ जना एड्स सङ्क्रमित रहेको बताइएको छ ।

दिगो विकास लक्ष्य अनुसार नेपालमा सन् २०३० सम्म एचआइभी सङ्क्रमणको महामारी दर शून्यमा झार्ने लक्ष्य लिइएको छ । यो लक्ष्य महìवकाङ्क्षी जस्तो लागे पनि असम्भव नरहेको निर्देशनालयका स्वास्थ्य निर्देशक खगेन्द्र बमले बताउनुभयो । सबैको सहयोगमा लक्ष्यलाई पूरा गर्न सकिने उहाँको भनाइ थियो ।   गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय