धनगढी । मस्तिष्क घातका कारण शुक्रबार रातिबाट स्वास्थ्यमा समस्या दिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि भारतको दिल्लीतर्फ लगिएको छ ।
स्वास्थ्य अवस्थामा समस्या देखिएकै कारण धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना नगरप्रमुख हमालको मस्तिष्क घात भएको पुष्टि भएपछि थप उपचारका लागि दिल्ली लगिएको हो ।
मायामेट्राे अस्पतालकाअनुसार मस्तिष्क घातको उपचार सम्भव नभएकाले थप उपचारका लागि भारतको दिल्ली रेफर गरेको जनाएको छ । हमाललाई मस्तिष्कको पक्षघातको समस्या देखिएको र अवस्था भने खतरामुक्त रहेको अस्पतालकाे भनाइ छ ।











