कञ्चनपुर / कञ्चनपुरमा २९ जना विप्लव कार्यकर्ता बाेकेकाे बस दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना हुँदा बसमा सवार सबैजना कार्यकर्ता घाइते भएका छन् ।
त्यस्तै २ जनाको अवस्था गम्भिर रहेको प्रहरी स्राेतले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि अत्तरिया ल्याइएको र घटनाको विषयमा थप विवरण आउन बाँकी रहेकाे छ ।
धनगढीमा नेत्रविक्रम चन्द (विप्लव) को कार्यक्रममा सहभागि भएर महेन्द्रनगर जाँदै गरेकाे बस दुर्घटना भएको हो।











