कैलाली /कैलालीमा ३ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरिएकाे छ ।
प्रहरीकाअनुसार धनगढी उपमहानगरपालिका-३ त्रिनगरबाट नकबजनी चोरी मुद्दामा २३ दिन कैद सजाय र ९ हजार ३४६ जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका-६ बस्ने २६ वर्षीय दिनेश परियार र लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकीएका कञ्चपुरको पुर्नवास नगरपालिका-११ डोकेबजार बस्ने ४२ वर्षीय विक्रम सुवाललाई पक्राउ गरिएको हाे ।
त्यस्तै कैलालीको गोदावरी नगरपालिका-३ बाट डडेल्धुराको अमरगढी नगरपालिका-७ पोखरा बस्ने ५१ वर्षीय यज्ञराज भट्टराई पक्राउ परेका हुन्। उनलाई जिल्ला अदालत डडेल्धुराको फैसलाले बसोवास आवादि भएको मुद्दामा १ वर्ष कैद सजाय र २५ लाख ८८ हजार ५५ रुपैँया जरीवाना तोकेपछि उनी फरार रहेका थिए।











