सिलगढी /माैसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने जसका प्रभावले देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने भएकाे छ ।
त्यस्तै आज तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु र कुहिरो लागिरहेको छ।
महाशाखाकाअनुसार आज दिउँसो पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।











