कैलाली,
कैलाली को गोदावरी नगरपालिका का मेयर वीरेन्द्र भट्टको सरकारी स्कार्पियो गाडी शनिबार राति दुर्घटनामा परेको छ।
प्रहरीका अनुसार मेयर आफैंले चलाइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडी धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित अत्तरिया ६ लेन सडकमा रेलिङमा ठोक्किएको हो। दुर्घटनाबाट गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको छ।
जाँचका क्रममा मेयरले मदिरा सेवन गरेको अवस्थामा गाडी चलाएको पाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। त्यसपछि प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएर कैलाली गाउँ चौकीमा राखेको छ।
घटनाबारे थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।











