बझाङ / बझाङमा आज (आईतवार ) एक युवतीको सेती नदिमा बगेर मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बझाङकाअनुसार जिल्लाकाे छबिसपाथिभेरा गाउँपालिका-१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदिमा बगेर मृत्यु भएकाे जनाएको छ ।
बिहान करिब १० बजे तिरकाे समयमा भाँडे बजार सामान पुर्याएर घर फर्किने क्रममा भण्डारीगाउँ नजिकै सेती नदिमा चिप्लिएर बग्दा संगीताको ज्यान गएको हाे । उनलाई मृत अवस्थामा बगेको ठाउँबाट करिब ५ सय मिटर तल भाँडे बजार झोलुङ्गे पुल नजिकै उद्दार गरिएको बझाङ प्रहरीकाे भनाइ छ ।











