दार्चुला-दार्चुलाकाे शैल्यशिखर नगरपालिका -६ ग्वानीको सिराडी धारमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएकाे छ भने ७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाकाअनुसार मृत्यु हुनेमा जिल्लाकाे शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, साेही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, बैतडी जिल्लाको डिलाशैनी-५ का १५ वर्षीय संजिव बाेहरा र भारतकाे उत्तर प्रदेश विजनाैर जिल्लाका ४५ वर्षीय माेहमद सफिर र साेहि जिल्लाका १८ वर्षीय माेहमद बसिम रहेका छन् ।
मृतक मध्ये ४ जनाकाे घट्ना स्थलमै तथा ३ जनाकाे उपचारका क्रममा गाेकुलेश्वर अस्पतालमा मृत्युु भएको दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताएका छन् । उनले भने,” मृतक ७ जना मध्ये १ जनाकाे सनाखत हुन सकेकाे छैन ।”
घाइतेहरुकाे स्थानीय गाेकुलेश्वर अस्पतालमा उपचार भईरहेकाे छ ।
म १ ज ३३८ नम्बरको बन्दबोडी जीप आज शुक्रबार बिहान करिव ३ बजेकाे समयमा मालिकार्जुन गाउँपालिका-०३ मडमा लागेकाे (मालिकार्जुन) जात्राबाट फर्केर गोकुलेश्वर तर्फ जादै गर्दा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाकाे भनाइ छ ।
जिप सडकबाट करिव १ सयमिटर तल खसेकाे थियाे ।











