डडेल्धुरा / डडेल्धुरामा आज साेमबार आएकाे असिनासहितकाे वर्षाले तरकारी तथा फलफूल खेतिमा क्षति पुर्याएकाे छ । दिउँसो करिव ४ बजेतिर आएकाे असिनासहितकाे वर्षाले खेतमा राखेकाे मल, फलफूल तथा तरकारीमा ठूलाे क्षति गरेकाे स्थानीयले बताएका छन् ।
जिल्लाका अधिकांश क्षेत्रमा कृषिमा ठूलाे क्षति पर्याएकाे किसानले बताए ।
असीना पानीले रायो, खुसार्नी, बन्दा, काउली र भखरै लगाएकाे आलुखेतीमा क्षती पुर्याएकाे नवदर्गा गाउँपालिका वडा नम्बर ३ का कृषकहरूले गुनासाे पाेखे ।











