युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर । भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय हात्तीले मानवीय क्षति निम्त्याउन थालेपछि कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरी हात्ती प्रभावित क्षेत्रमा सचेतनमुलक पोष्टर, पम्पलेट वितरण गर्ने कार्य भैरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए ।  “सामुदायिक वन संगको समन्वयमा छलफल, बैठकका माध्यबाट हात्तीबाट जोगिने उपाय बारे जानकारी दिने कार्यमा जुटेका छौं” उनले भने, “मावन–हात्ती सह अस्तीत्वको भावना जगाउनका लागि कार्य अगाडी बढाएका छौं ।”
हात्ती बस्तीमा छिरेमा डेढ सय मिटरको दुरी कायम गरी भगाउने,अन्नपात राखेको ठाउ, भान्सामा नसुत्ने, हात्तीको अगाडीबाट भाग्न नखोज्ने, हात्तीका छावालाई नचलाउने, टर्चबालेर नभाग्ने, उत्तेजित नवनाउने, मदिरा सेवन गरी भगाउन नजाने, मात चढेको हात्ती संग सजग रहने लगायतका कुरा कार्यक्रमका माध्यबाट सर्वसाधरणलाई सचेत पार्ने कार्य भैरहेको उनको भनाई रहेको छ । “अचानक हात्ती संग जम्काभेटभएमा नआत्तिकन विस्तारै पछाडी हटनु पर्छ” उनले भने, “लखेटन आयो भने आफु संग भएको सामान फँयाकेर बांगो टिंगो दौडिने गर्नु पर्छ, छोटो दुरी सम्म मात्रै लखेटने भएकाले लखेटदै पछि सम्म आइरहन्न ।”

हात्तीले लखेटन आए ढुङग्यान बगर तिर भाग्ने,छडके पारेर ओरालो तर्फ भाग्ने,दलदल हिलो भए तर्फ भाग्ने, ठुलो रुख ढलको भए त्यसको मूनि भएर भाग्ने, पुलपुलेसा तरेर भाग्ने गरे बच्न सकिने उनको भनाई रहेको छ । “जङगल तर्फ जादा हात्तीको ताजा पाईला वा दिशा भेटियो भने सर्तक रहनु पर्छ” उनी भन्छन्, हात्ती हिडको दिशा तर्फ जानुहुँदैन, रुख भाँचेको, सुड बजारेको वा हात्तीले घुरेको पनि सुन्न सकिन्छ, हात्तीको आवाज सुनिए सतर्क हुनु पर्छ ।”

हात्ती निकै बुद्धिमान प्रणाीका रुपमा रहेको उल्लेख गर्नु हुँदै उनले हात्तीलाई नियन्त्रण गर्न गाह्रो हुने भएकाले सतर्कता अपनाए मानवीय क्षतिलाई कम गर्न सकिने बताए । हात्तीको बथानले गत असोज महिनामा मात्रै कञ्चनपुरका दुई जनाको ज्यान लिइसकेको छ । असोज १३ गते उखुबारीमा हात्ती भगाउन कुरुवा बसेका लालझाडी गाउँपालिका ४ का ५९ वर्षीय रामदल रानालाई घरतर्फ जाँदै गर्दा आक्रमण गरी ज्यान लिएको थियो भने बेलौरी नगरपालिका ६ का २२ वर्षीय उमेश चौधरीको घरतर्फ मोटरसाइकलमा जाँदै गरेका बेला असोज २२ गते हात्तीले आक्रमण गरी ज्यान लिएको थियो ।

पाँच वर्षका अबधिमा कञ्चनपुरमा १२ जनाले ज्यान गुमाइसकेका छन । लालझाडी गाउँपालिकामा ४ मा हात्तीले आधा दर्जन बढी स्थानिय बासिन्दाका बाख्रा समेत मारेर तिहारको मुखमै क्षति पुरयाएको छ । दिउसै हात्ती नजिकैको वन क्षेत्र हुदै स्थानिय किसानको उखुवारीमा पसेर नोक्सानी पुर्याउदै आएको छ ।

भारतको दुधुवा नेशनल पार्क हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुदै हात्तीको बथान वर्षातका बेला चुरे क्षेत्रमा बस्ने गरेको छ । वर्षात् हटेपछि चुरे नजिकका बस्ती संगै तल्लो समथर क्षेत्रमा पुगेर किसानले लगाएको अन्नबालीमा क्षति पुर्याउने गर्दछ ।

अहिले हात्तीको बथान दुधुवा नेशल पार्क नजिकैका बेलौरी, लालझाडी क्षेत्रका किसानको खेतवारीमा पसेर धान, उखु लगायतको बालीमा क्षति पुरयाउन थालेको छ ।  सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशी हात्ती नियन्त्रण गर्नका लागि मेसवायर जडान गर्नुपर्ने बताउँछन् ।

“हात्ती प्रभावित क्षेत्रमा मेसवायर जडान गर्न सके वर्षेनी हुँदै आएको मानवीय, भौतिक क्षतिमा कमी ल्याउन सकिन्छ” उनले भने, “यसका लागि तीन तहकै सरकारले समन्वय गरी योजना बनाई बजेट परिचालन गर्नुपर्छ ।” हात्तीले नोक्सानी नपुर्याउने खालका बालीको खेती गर्न किसानलाई प्रोत्साहित गर्नुपर्ने उनले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय