कैलाली / कैलालीकाे धनगढी उपमहानगरपालिका–९ मा १३ जना जुवाडे पक्राउ परेका छन्। कैलाली प्रहरीकाअनुसार साेही ठाउँ बङग्राकटान स्थित खेतबारीमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा सोही ठाउँका ३४ वर्षीय हरि बिष्टसहित ७ जनालाई नगद २८ हजार ५६० र १ गड्डी ताससहित प्रहरीले पक्राउ गरेको हो।
यसैगरी प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले
धनगढी उपमहानगरपालिका–७ बेलिबजार स्थित महेश चौधरीको घरबाट २९ वर्षीय हिक्मत थापासहित ६ जनालाइ नगद ६४ हजार २३५ र १ गड्डी ताससहित नियन्त्रणमा लिएको छ।











