सिलगढी / डाेटीमा जाेत्न भनी ल्याएकाे गाेरू काट्दा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका ८ सेट्टीगाँउ बस्ने ४८ वर्षीय सिद्धु नेपालीले जोत्न भनि ल्याएको एउटा गोरूलाई काट्दा उनीसहित साेही ठाउँ बस्ने ३५ वर्षीय शेरे दमाई, २३ वर्षीय गणेश भुल, साेही ठाउँ मेलतोली बस्ने ५५ वर्षीय सक्राम ढोलीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ।
हिजाे करिव ४ बजेकाे समयमा चारै जना मिली गोरु काटेको डाेटी प्रहरी प्रमुख विनाेद शर्माले बताउनुुभयाे ।
उनीहरूला नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीकाे भनाइ छ ।











