सिलगढी / डाेटीमा एक मजदुर महिलाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय डाेटीमाअनुसार मृत्यु हुनेमा रोल्पा लाङ्ग्री गाउँपालिका २ घर भई हाल डोटीकाे के.आई. सिंह गाउँपालिका २ लेकगडा स्थित दुदिला कन्सट्रक्सन प्रा.लि. मा मजदुरी काम गर्ने टेक मान घर्ती मगरकी ४२ वर्षीय श्रीमती कमला कुमारी पुन रहेकी छन् ।
उनी सनिबार राती साढे ११ बजेकाे समयमा सुति बिहान बेहोस अवस्थामा रहेकी उनको आज बिहान ७ बजेको समयमा स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि सुजङ अस्पताल राजपुर दिपायल लिएकाे र चेकजाँच गर्दा डाक्टरले बिहान सवा ९ बजेकाे समयमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी प्रमुख विनाेद शर्माले बताउनुभयो । घटनाबारे थप अनुसन्धान कार्य भईरहेकाे प्रहरीले जनाएको छ ।











