बझाङ / बझाङमा अटो दुर्घटनामा परि चालकको मृत्यु भएको छ । शुक्रबार राति ८:४५ बजेकाे समयमा सु.प.प्र. ०१००१ ह ६३२१ नम्बरको अटो दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाकाे बित्थडचिर गाउँपालिका ४ का २४ वर्षीय गोबिन्द बि.क. रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङकाअनुसार बि.क. बित्थडचिर – ९ सुनकुडास्थित जयपृथ्वी राजमार्गमा देउलेखबाट सुनकुडा तर्फ जाँदै गरेको अवस्थामा ठाडीधार भन्ने स्थानमा अटो एक्ससहित सडकबाट १०० मिटर तल खसेर गम्भीर घाइते भएका जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सूचना अधिकारी लोकेन्द्र सिंह ठगुन्नाकाअनुसार उनलाई तत्काल प्राथमिक स्वस्थ्य केन्द्र देउलेख बझाङमा लिएर सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल डडेल्धुरा रेफर गरिएको र राति २ बजे बाटोमै मृत्यु भएको हाे । बिकले अत्यधिक मदिरा सेवन गरेकाे मेडिकल रिपोर्टमा देखिएकाे छ ।
साथै शव पाेष्टआर्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र देउलेख बझाङको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।











