मनमाेहन ठकुल्ला, डाेटी
सिलगढी डाेल जात्राकाे अवसर पारी स्वतन्त्र युवा संजाल डाेटीले जलवायु न्याय सम्बन्धी सन्देशमुलक नाटक प्रदर्शन कार्यक्रम गरेकाे छ ।
आज ( मंगलबार ) सम विकास केन्द्र (इडिसी) नेपाल, एक्सनएड नेपाल र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा डाेटी जिल्लाकाे प्रमुख धार्मिक तिर्थस्थल शैलेश्वरी मन्दिर प्राङ्गणमा उक्त सन्देशमूलक नाटक प्रदर्शन गरिएकाे हाे ।
जात्रामा बाह्रबरेलाका भक्तजनहरू आउने भएकाले जलवायु न्याय सम्बन्धी सन्देश सबै ठाउँमा सकरात्मक ढंगले फैलियाेस् भन्ने हेतुले
जात्राको दिनमा दिपायल सिलगढी नगरपालिका ४ अवस्थित स्वतन्त्र युवा सञ्जाल डाेटीले जनाएको छ ।
नाटकमा युवा संजालद्वारा वातावरण स्वच्छ र सफा राख्नु पर्ने, प्लास्टिक जन्य फोहोरमैलाको व्यवस्थापन र यसको प्रयोगमा रोक हुनु पर्ने, पानीका मुहान संरक्षण गर्नुपर्ने लगायतका विषयमा जानकारी प्रदान गरिएको सम विकास केन्द्र ( इडिसी) नेपाल डाेटीले जानकारी दिएकाे छ ।
नाटक उत्कृष्ट र विश्वकै जल्दाेबल्दाे समस्याकाे रूपमा रहेकाे जलवायु परिवर्तनलाई व्यङ्ग्य प्रहार गरेकाे उपस्थित बुद्धिजीवी तथा सराेकारवाला व्यक्तिहरूले बताएका छन् ।
उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काको प्रमुख आतिथ्य रहेको थियो भने उक्त पालिकाका वडा नम्बर ४,५,६ का वडा अध्यक्षहरूकाे सहभागीता रहेकाे थियाे ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय डोटी, जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रतिनिधिहरु सहित मष्टा जात्रा उपस्थित सम्पूर्ण भक्तजनहरूको बाक्लो उपस्थित रहेको थियो ।











