सिलगढी / श्रीकृष्ण जन्माष्टमीको अवसरमा जिल्ला सदरमुकाम सिलगढीको इन्द्रचोकमा आयाेजना गरिएकाे मट्का फोड प्रतियोगितामा नेपाली सेनाको भैरव प्रसाद गण विजयी भएको छ ।
प्रतियोगितामा प्रथम चरणमा असफल भएकाे उक्त टिम दोस्रो चरणमा मट्का फोड्दै विजयी भएको हो । विजयी भएसँगै उक्त गणकाे टिमले रु. १५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार स्वरूप प्राप्त गरेकाे छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ र ६ को आर्थिक सहयोग तथा भैरव प्रसाद गण सिलगढीको व्यवस्थापन र श्री राधाकृष्ण मन्दिर इन्द्रचोकको आयोजनामा कार्यक्रम गरिएकाे थियाे ।
प्रतियोगितामा ५ ओटा टिमको सहभागिता रहेको कार्यक्रम आयाेजकले जनाएको छ ।
उक्त मट्का फाेड प्रतियोगितामा नेपाली सेनाको भैरव प्रसाद गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राधाकृष्ण मन्दिर र बैंकर्स डोटीको सहभागिता रहेको थियो ।











