शुशिला रावल प्रशिक्षार्थी पत्रकार
डोटी बहुमुखी क्याम्पस, सिलगढी
डोटी जिल्लाको सिलगढीमा अबस्थीत शैलेश्वरी मन्दिरमा मेला कार्तिक पुर्णिमाका दिन लाग्ने गर्दछ ।
सिलगढीको मध्ये भागमा अबस्थीत शैलेश्वरी मन्दिर प्राकृतिक रुपमा सुन्दर हुनुको साथै यस क्षेत्रमा पुगी पुजा आजा गर्दा मनोकाञ्छा पुरा हुने जन विश्वास रहेको छ । पुराणको मानस खण्डमा उल्लेख भए अनुसार शिव र पार्वतीको विवाह पश्चात घुम्ने क्रममा हालको सिलगढी प्रचिन नाम चन्दनगिरी पर्वतमा पुग्दा यहाको प्रकृतिक महोहरमा रमेपछि शिव पार्वती लामो समय यस क्षेत्रमा गमन गरि बस्दा ब्रम्हसहित देवताहरु आउदा लाजले पार्वती शिला पिण्डमा गई लुक्दा शैलेश्वरी भगवतीको उत्पतीको मान्यता रहेको छ ।
शैलेश्वरी मन्दिरको भण्डार घर धामी गाँउबाट आएको देउरो र सिलगाउँ बाट आएको देउरोमा आएको सामाग्रीले जातँ तयार पार िविशेष मन्त्रले बाधी गाज नचाउने परम्परा रहेको छ । सो दिन मेला लाग्ने गर्दछ । मेलामा हजारौ भक्तजनको भिड लाग्ने गर्दछ । मेलाको अघिल्लो दिन रतेडी हुने गर्दछ । कार्तिक महिना भरी सुदुरपश्चिमका विभिन्न मठमन्दिरहरुमा मेला लग्ने परम्परा रहेको छ ।











