सिलगढी / डाेटीमा एक बेपत्ता महिलाकाे शव फेला परेकाे छ ।
मृत फेला पर्नेमा जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पाकरी करिव ४६/४७ वर्षीय चन्दा बिष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ । बिष्ट हिजाे शनिबार बिहान ११ बजेकाे समयमा घरबाट घाँस काट्न निस्केकी थिइन् । घाँस काट्न गएकी उनी राती अबेरसम्म घर नफर्किएपछि उनकाे हिजोदेखि नै प्रहरीले खाेजीकार्य गरेकाे थियाे ।
प्रहरीले खाेजी गर्ने क्रममा उनकाे शव आज (आइतबार ) बिहान घरभन्दा करिव आधा घण्टा तल जंगलमा फेला परेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनु भयाे ।
घटनाबारे थप अनुसन्धान भैरहेको भट्टराईले बताउनु भयाे ।











