दार्चुलाः दार्चुलामा एक आपसमा विवाद हुँदा एक युवकले आफ्नै साथीको गर्धनमा हँसिया प्रहार गरेका छन्।
व्याँस गाउँपालिका–२ दुम्लिङका २३ वर्षीय सन्दीप भण्डारीमाथि महाकाली नगरपालिका–४ का २० वर्षीय विजय निरौलाले हँसिया प्रहार गरेकाे दार्चुला प्रहरीले जनाएको छ ।
बिहिवार राति ९ बजेको समयमा खलंगास्थितको प्रेमसिंह शालिक नजिक निरौलाले भण्डारीको गर्धनमा हँसिया प्रहार गरेका हुन ।
हँसिया प्रहारबाट भण्डारीको गर्धनमा चोट लागेको प्रहरीकाे भनाइ छ । घटनापछि फरार रहेका निराैलालाई शुक्रवार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते भण्डारीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि सिटिस्क्यान गर्न भारत पठाइएको छ।











