डाेटी,,
डाेटीमा सडककाे किनारामा पल्टिरहेकाे अवस्थामा भेटिका एक पुरूषकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा जिल्लाकाे जोरायल गाउँपालिका वडा नं. ४ घर भनिएका ३० वर्षीय प्रेम ओली रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
प्रहरी नायव निरीक्षक नारायण सिं नेगीका अनुसार ओली आइतबार बेलुकी ५ बजेकाे समयमा जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नं. ०७ रातुली स्थित सडकको किनारमा पल्टीरहेको अवस्थामा फेला परेका थिए ।
घटनाबारे स्थानीय बिराज बिष्टले जानकारी गराएकाे थियाे । त्यसपश्चात प्रहरी घटना स्थलपुगी ओलीलाई प्रहरी टाेलीले जिल्ला अस्पताल डोटीमा ल्याई डाक्टरले चेक जांच गर्दा डाक्टरले मृत घाेषणा गरेकाे प्रहरी नायव निरीक्षक नेगीले बताउनु भएकाे छ।
घटनाबारे डाेटी प्रहरी अनुसन्धान गरिरहेकाे जनाइएको छ ।











