सिलगढी/डाेटीमा माेटरसाइकलले ठक्कर दिदा एक बालक घाइते भएका छन् ।
आइतबार घाइते हुनेमा जिल्लाकाे शिखर नगरपालिका वडा नं. ०८ गोपघाट बस्ने गणेश रावलका ४ वर्षीय छाेरा निशान रावल रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
घाइते बालककाे टाउकाे चाेट लागेकाे छ । उनकाे सुजङ अस्पताल राजपुरमा डाेटीमा उपचार भैरहेको र अबस्थामा सामान्य रहेकाे प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले बताएका छन् ।
बालबालिकालाई बाटो काट्ने क्रममा साँझ सवा ६ बजेको समयमा केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराबाट दिपायलतर्फ आइरहेको सु. प. प्र.०१००१ ब २१०९ नम्बरको माेटरसाइकलले ठक्कर दिएकाे हाे ।
माेटरसाइकल सायल गाउँपालिका वडा नं. ०५ बस्ने २३ वर्षीय मदन राज जोशीले चलाएको











