मनमाेहन ठकुल्ला, डाेटी,डाेटीमा लडेर एक पुरूषकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा जिल्लाकाे आदर्श गाउँपालिका वडा नम्बर ०२ मौवा बस्ने ३२ वर्षीय लोग बि.क. रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
उनलाई आज शुक्रबार साढे १२ बजेको समयमा साेही ठाउँ कारिया टोल स्थित सडक खण्डबाट १२ फिट तल खसि घाईते भएकाे अबस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले बताउनु भएकाे छ ।
बेहाेसी अबस्थामा फेला पारेका बिकलाई उपचारका लागि जिल्ला अस्पताल डाेटीमा ल्याइएको थियाे । डाक्टरले चेकजाँच गर्दा उनलाई मृत्यु घाेषणा गरेकाे प्रहरी नायव निरीक्षक नेगीले बताउनु भयाे ।











