डोटी, साउन १२
डोटीमा सर्पले टोकेर एक महिला गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आदर्श गाउँपालिका–५ पाली घर भई हाल शिखर नगरपालिका–१० बान्डुङ्ग्रिशैनमा आफ्नी नन्द बिमला बलायरको घरमा बस्दै आएकी करिब २८ वर्षीया तिलखी रोकाया सुतिरहेको अवस्थामा सर्पले टोकेको हो।
घाइते रोकाया दिपक रोकायाकी श्रीमती हुन्। सर्पदंशपछि उनलाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ।
हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।











