मनमाेहन ठकुल्ला, सिलगढी
डाेटीकाे दिपायल सिलगढी नगरपालिकाद्वारा सञ्चालित यस वर्षकाे आधारभूत तह कक्षा ८ काे परिक्षामा नगरपालिकाभित्र नतिजामा भागरथी एकेडेमी सर्वाेत्कृष्ट बन्न सफल भएकाे छ ।
नगरपालिकाले सार्वजनिक गरेकाे नतिजाअनुसार भागरथी एकेडेमीमा अध्ययनरत महेश्वरी बाेहराले सर्वाेत्कृष्ट ३.९७ जिपिए ल्याइ आधारभूत तह कक्षा ८ काे परीक्षामा नगरपालिका टपर बनेकी छन् ।
त्यस्तै साेही स्कुलमा अध्ययनरत धन बहादुर मलासीले सर्वाेत्कृष्ट ३.९५ जिपिए ल्याइ सेकेन्ड टपर बन्न सफल भएका छन् ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक हेमराज मलासीका अनुसार जम्मा २१ जना विद्यार्थी मध्ये २० जना उतिर्ण भएका र १ जना विद्यार्थी ग्रेडवृद्वि परिक्षामा सामेल हुने बताए ।
त्यसैगरी पालिकाले सार्वजनिक गरेकाे नतिजा तालिकाअनुसार सुजङ बाेर्डिङ स्कुलमा अध्ययन सन्ध्या बाेगटीले सर्वाेत्कृष्ट ३.९४ जिपिए ल्याइ यस वर्षकाे आधारभूत तह कक्षा ८ काे परीक्षा उतिर्ण गरेकी छन् ।
त्यसैगरी नगरपालिकाले लिएकाे यश वर्षकाे आधारभूत तह कक्षा ८ काे परीक्षामा पद्म पब्लिक मुक्ति नारायण माध्यामिक विद्यालयले तेस्रो स्थान हासिल गरेकाे छ । पद्ममा अध्ययनरत भरत ओली र दिपक थापाले ३.९१ सर्वाेत्कृष्ट जिपिए ल्याइ कक्षा ८ काे परिक्षा उतिर्ण गरेका छन् ।
सर्वाेत्कृष्ट जिपिए ल्याउने विद्यार्थीकाे संख्या क्रमशःसुजङ ई.वो. स्कुल राजपुर- सुरेन्द्र वोहरा ३.९१ जिपिए
जेनियस नेश्नल एकेडेमी सिलगढी- एलिना विष्ट ३.८६ जिपिए
श्री सुजङ ई. वो स्कुल राजपुर- हेमराज खड्का ३.८६ जिपिए
प.प.मु.ना.मा.वि. सिलगढी – विरेन्द्र ओली ३.८४ जिपिए
सुजङ ई. वो स्कुल राजपुर- योगेश रौतेडा ३.८४ जिपिए
सुजड ई.यो. स्कुल राजपुर – प्रज्वल खड्का ३.८४ जिपिए
भागरथी एकेडेमी सिलगढी – पुष्पराज विष्ट – ३.८४ जिपिए











