कञ्चनपुरः कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका पूर्वप्रहरी वरिष्ठ हवल्दार मृत अवस्थामा फेला परेका छन्।
मंगलबार घरमै मृत फेला पर्नेमा वेदकोट नगरपालिका–४ का गणेश भाट रहेका कञ्चनपुर प्रहरीले जनाएको छ ।
सशस्त्रबाट रिटार्यड भएका उनी केही समय अगाडिदेखि उपचारका लागि भारतमा थिए। हालै भारतबाट फर्किएका थिए । प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।











