कञ्चनपुर । कञ्चनपुरमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरिएकाे छ ।
शुक्रबार राति पक्राउ पर्नेमा बेलौरी नगरपालिका-१० शिवनगर बस्ने २१ वर्षीय विक्रम चौधरी रहेकाे कञ्चनपुर प्रहरीले जनाएको छ ।
चाैधरीले बालिकालाई सोही ठाउँस्थित गन्ना खेततर्फ लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











