कञ्चनपुरः कञ्चनपुरबाट विभिन्न मुद्धामा फरार रहेका एक महिलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरिएकाे छ ।
कञ्चनपुर प्रहरीकाअनुसार आज शुक्रबार पक्राउ पर्नेमा रामसिँ देवि सुनार, राम कुमार सुनार, निरज चन्द, अमित बम र नन्दादेवि रोकाया रहेका छन्।
रामसिँ र रामकुमारलाई २०६४ बैशाख ५ गते दोहोरो नागरिकता लिएको आरोपमा दुई हजार जरिवाना तोकिएको थियाे भने चोरीमुद्धामा निरजलाई २०७६ मंसिर १७ गते ११ महिना ११ दिन कैद एक हजार जरिवाना, अमितलाई २०७९ कार्तिक ३ गते दुई महिना कैद ६५० रुपैँया जरिवाना तोकिएको थियो। जारी मुद्धामा नन्दादेविलाई २०५२ असार सात गते एक हजार जरिवाना तोकिएको थियो।











