युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मार्तडी, चैत २१ गते । बाजुराको बुढीनन्दा नगरपालिका–१० का चीनबहादुर विष्ट गर्मी लागेसँगै भेडा लिएर औलबाट गाउँतिर फर्किंदै हुनुहुन्छ । गत कात्तिकमा लेकबाट औलतिर झरेका विष्ट अहिले लेकतिर फर्किन लाग्नुभएको हो । विष्टसँगै अन्य तीन परिवार पनि छिमेकी जिल्ला अछाममा चरिचरनका लागि लिएका भेडाबाख्रासहित बिच बिचमा बास बस्दै घर (लेकतिर) फर्किंदै छन् । चिसो मौसममा औलतिर झर्ने र गर्मीमा लेकतिर जाने भेडापालकको दैनिकी नै हो ।

भोटे समुदायको मुख्य पेसा भनेकै भेडापालन हो । पुस्तौँ तथा पुर्खादेखि यो पेसा अँगाल्दै आएका विष्ट गर्मीमा भेडा लेक र चिसोमा औल झार्नु दैनिकी नै भएको बताउनुहुन्छ । १५ वर्षको उमेरदेखि बाजेसँगै भेडा गोठालो जाने गरेका विष्टले ६० वसन्त काट्दा पनि सोही पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । बुढेसकालमा घरमै बसेर आराम गर्नुपर्ने बेलामा पनि उहाँ भने भेडाबाख्रा लिएर लेकबेँसी धाइरहनुभएको छ । भेडाबाख्रा चराउन त सक्नुहुन्न तर पनि भेडाको बथान राख्ने स्थान कुरेर बस्नुहुन्छ ।

बडीमालिका–८, बाउलीमा भेडाको बथान लिएर विष्ट र उहाँकी श्रीमती सुन्तला पुर्खाले अँगालेको पेसाबाट खासै कमाइ नभए पनि गुजारा चल्ने गरेको बताउनुहुन्छ । उहाँहरूको नौ जनाको परिवार छ । छोराहरूले बाजे र बुवाले गरेको पेसा छाड्दै गएको सुन्तलाले सुनाउनुभयो । युवाले गाउँ छाड्ने प्रवृत्तिका कारण यस समुदायको भेडापालन पेसा लोप हुँदै गएको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनका पदम सिंहले बताउनुभयो । बुढापाकाले यो पेसा अँगाले पनि युवा पुस्ता भने पलायन भइसकेको जानकारी उहाँले दिनुभयो ।

“भेडाको ऊन निकालेर केही सामग्री बनाउँछौँ, त्यही सामग्री बेचेर आम्दानी गर्ने गरेका थियौँ,” स्थानीय अगुवा सिंहले भन्नुभयो, “तर अचेल यसको नि महìव हराउन थाल्यो ।” कुनै समय बाजुराको उत्तरी क्षेत्र र हुम्लामा भेडापालक अछाम, बझाङ र डोटीसम्म पुग्ने गरेका थिए ।

अधिकांश युवा विदेश पलायन हुँदा भेडापालन व्यवसाय लोप हुने चिन्ता बढेको छ । गाउँमा पछिल्लो पुस्ताले भेडा गोठालो गर्न मान्दैनन् । सरकारले पनि भेडा पाल्दै आएका किसानका लागि प्राथमिकता नदिएको गुनासो उहाँहरूको छ ।

बुढीनन्दा नगरपालिकाका प्रमु्ख जनक बोहोराले भेडापालन व्यवसाय लोप हुन नदिन र भेडापालक कृषकलाई व्यावसायिक बनाउनका लागि पालिकाले पहल गरिरहेको बताउनुभयो । भेडाबाख्रा मासु र ऊनका लागि आकर्षक व्यवसाय मानिन्छ । उहाँका अनुसार भेडा व्यवसायलाई व्यावसायिक बनाउन उन्नत जातका साँड (बोका) खरिद गर्ने गरिएको छ । भेडापालक किसानलाई मात्र नभई अन्य पशु व्यवसाय गर्दै आएका किसानलाई समेत प्रोत्साहित गर्न नगरपालिकाले सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय