डडेल्धुरा / चोरी मुद्दामा २ वर्ष कैद भुक्तान गरी डडेल्धुरा जिल्ला कारागारबाट चैत ११ गते छुटेका बैतडीका एक युवक फेरि साेही दिन चाेरी गरेका छन् ।
चाेरी गर्नेमा जिल्लाकाे मेलौली नगरपालिका–९ रोकटाका २२ वर्षीय गोरखबहादुर चन्द रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ । उनलेे प्रहरीले गत शुक्रबार पक्राउ गरिसकेको छ ।
डडेलधुरा प्रहरी स्राेतका अनुसार डडेल्धुराको भागेश्वर गाँउपालिका–३ तल्लो चौराहा लामिकाण्डेका ३९ वर्षीय हिक्मतसिंह खड्काको आशिष एण्ड आरुष किराना पसलमा चैत ११ गते उनले चोरी गरेकाे हाे ।
चन्दले पसलको मूलढोकाे कुण्डी र ताला तोडफोड गरि नगद ४८ हजार र अन्य खुद्रा सर–सामानसहित ९५ हजार ५ सय बराबरको चोरी गरी फरार थिए।
डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भैरहेकाे छ ।
चन्द चोरी सम्बन्धी कसुरमा २ वर्ष कैद भुक्तान गरि डडेल्धुरा जिल्ला कारागारबाट चैत ११ गते छुटेका थिए।











