कञ्चनपुर / कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–२ अबस्थित एक टेलर सिलाइ सेन्टरमा आगलागी हुँदा एक लाख भन्दा बढीकाे क्षति भएकाे छ।
शनिबार राती साेही ठाउँ बलबहादुर छिनालको ‘बम्वै टेलर्स सिलाइ सेन्टर’ मा बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
आगलागीबाट पसलभित्र तयारी अवस्थामा रहेका कोट, सर्ट, पाइन्ट, कुर्ता सुरवाल लगायका सामान गरी करिब १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ।











