युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा,। बाजुरा जिल्लाको कतिपय पालिकाको एउटा वडाबाट अर्को वडामा पुग्न एक दिनभर लाग्ने गर्छ । त्यस्तै एक पालिकादेखि अर्को पालिकासम्म पुग्न दुई दिनसम्म लाग्ने गर्छ ।  तर अहिले सडक यातायातको सहजतासँगै एक दिनको बाटो एक घण्टा र दुई दिनको बाटो दुई घण्टामै पुग्न सक्ने गरी सुविधा विस्तार भएको छ । प्रत्येक स्थानीय तहका गाउँबस्ती सडक सञ्जालको पहुँचमा पुगेसँगै आवातजावतमा सहज भएको छ ।

त्यस्तै स्थानीयले उत्पादन गरेका तरकारीलगायत फलफूल बजारमा बिक्री गर्न सहज हुने गरेको छ । सरकारी कामकाजका लागि एक/दुई दिन पैदल हिँडेर सदरमुकाम मार्तडी आउन सास्ती खेप्दै आएकालाई दुई/चार घण्टा लाग्ने गरेको छ ।  हिमाली, जगन्नाथ, स्वामिकार्तिक, बुढीनन्दा, गौमूल, त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदहलगायका स्थानीय तहमा खानेपानी, स्वास्थ्य, शिक्षालगायत यातायात सेवामा परिवर्तन आएको छ । सडक सञ्जालको पहुँचबाट वञ्चित अधिकांश गाउँबस्ती तथा वडासम्म गुड्न थालेका छन् ।

तर पनि अधिकांश युवा भने घर तथा गाउँबस्ती छोडेर विदेश पलायन हुँदै आएका छन् । गाउँमा विकास पुगे पनि यहाँका युवा भने रोजगारीका लागि दिनप्रतिदिन विदेशमा जाने क्रम बढ्दै गएको छ । पछिल्लो समय युवा पलायनसँगै अधिकांश गाउँबस्ती खाली बनेका छन् । घरमा ताला लगाएको पाइन्छ । गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र सडक सुविधा भए पनि युवाका लागि विदेश स्वर्ग र गाउँ नर्क जस्तै बनेको आभास हुने गरेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

रोजगारीको खोजीका लागि नेपालकै विभिन्न सहर तथा भारत र खाडी मुलुक जानेको लर्को नै लाग्ने गरेको छ । गाउँमा केही गरेर खाने व्यवस्था नभएपछि पेट पाल्नकै लागि घर छोडेर कामको खोजीमा भारतका विभिन्न ठाउँमा जानु परेको बुढीगङ्गा नगरपालिका–१० स्थानीय रूपबहादुर सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा प्रशस्त जमिन भए पनि त्यसमा सिँचाइ सुविधा नहुँदा जमिन सधैँ बाँझो रहेको छ ।” भौतिक पूर्वाधार विकाससँगै स्थानीय सरकारले गाउँमै आर्थिक उपार्जन गर्ने सिपमूलक तथा आयआर्जन मूल कार्यक्रम सञ्चालन गर्न नसक्दा युवा कामकै खोजीका लागि बाहिर जाने गरेको सार्कीले बताउनुभयो । त्रिवेणी नगरपालिका–२ का स्थानीय पदम नेपाली आफूलाई बुवाले भारतकै नोकरी गरेर पढाउनुभएकाले छोराछोरी पढाउन र घरखर्च टार्न भारत बस्नु परेको बताउनुहुन्छ ।

गाउँमा रोजगारीका लागि केही काम नहुँदा म जस्तै यहाँका दर्जनौँ पढेलेखेका युवाले अहिले रोजगारीकै लागि भारतमा जानु परेको नेपालीले बताउनुभयो । गाउँमा पढेर पनि केही काम नपाएपछि अधिकांश युवाले बाहिरिनु परेको छ । युवाका लागि अहिलेको स्थानीय सरकारले गाउँमै केही गरेर खाने वातावरण सिर्जना नगर्दा युवाले बाहिरिनु परेको हो ।

दसैँतिहार तथा असार लगाउने बेला भरिए पनि त्यसपछि भने यहाँका अधिकांश गाउँबस्ती युवाविहीन हुने गर्दछन् । राष्ट्रिय जनगणना २०७८ अनुसार बाजुराको बडीमालिकामा तीन हजार ४४६, त्रिवेणीमा तीन हजार ३५०, बुढीगङ्गामा चार हजार २७७, बुढीनन्दामा तीन हजार ४५२, गौमूलमा एक हजार ६५०, हिमालीमा एक हजार ७२२, जगन्नाथमा एक हजार ६८४, स्वामिकार्तिकमा दुई हजार २२३ र खप्तड छेडेदहमा तीन १७४ घरपरिवार बसोबास गर्दै आएका छन् ।गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय