डडेल्धुराः डडेल्धुराकाे अमरगढी नगरपालिका-२ मा एक जना लागूऔषधसहित पक्राउ परेका छन्।
डडेल्धुरा प्रहरीका अनुसार शुक्रबार दिउँसो साेही ठाउँ चालिसे मोड आसपासबाट ०.४९५ किलोग्राम लागूऔषध (चरेश)सहित पक्राउ पर्नेमा अमरगढी नगरपालिका-४ का ४३ वर्षीय कमल गुरुङ रहेका छन् ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा उनलाई पक्राउ गरेकाे हाे ।
प्रहरी टोलीले चेकजाँच गर्दा उनले प्रयोग गरेको से.७ प. ३६१५ नम्बरको मोटरसाईकलको दाहिने लेकगार्डमा झुण्डाई लुकाई छिपाई राखेको चरेस फेला पारेकाे प्रहरीकाे भनाइछ।
उक्त पदार्थ र मोटरसाईकल सहित गुरुङलाई नियन्त्रण लिएकाे छ । घटनाबारे डडेल्धुरा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।











