सिलगढी /डाेटीमा नुहाउने क्रममा सेती नदिमा डुबेर एक किशोरको मृत्यु भएकाे छ ।
शुक्रबार दिउँसो करिव १२:४९ बजेकाे समयमा डुबेर मृत्यु हुनेमा जिल्लाकाे दिपायल सिलगढी नगरपालिका–१ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्का रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
उनकाे साेही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदिमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले जानकारी दिनुभयो ।











