कैलाली / कैलालीकाे धनगढीमा बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरिएकाे छ ।
कैलाली प्रहरीका अनुसार बुधबार दिउँसो पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१५ उर्माका ३५ वर्षीय कुबेर चौधरी रहेका छन् ।
उनलाई जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय र १० हजार जरिवाना ठहर थियाे ।
फैसला कार्यान्वयनको लागि उनलाई प्रहरीले अदालत समक्ष पेश गरेको छ।











