डाेटी/ डोटीमा एक महिला पानी घट्टभित्र मृत फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीका अनुसार मृत फेला पर्नेमा जिल्लाको बडीकेदार गाउँपालिका–२ कोटकेलाकी ४२ वर्षीय दुर्गा घर्ती मगर रहेकी छन् ।
उनी मङ्गलवार बडीकेदार गाउँपालिका–२ ओखलढुङ्गामा घट्ट भित्र मृत फेला परेकी हुन् ।
मगर सोमवार घरबाट घट्ट गएकि थिइन् । घर नफर्किएपछि खोजी गर्दा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।











