मनमाेहन ठकुल्ला, सिलगढी
पुज्य धर्मान्तक बृद्ध आश्रम डाेटीद्वारा आयाेजित ‘लक्ष्मीकाे नजर कसलाई ?’ भाग्यशाली चिठ्ठा प्रथम उपहार गिरीनाथ याेगीले प्राप्त गरेका छन् ।
मंगलबार दिपायल पिपल्ला बजार घटाल हाेटल अगाडि खाेलेकाे चिठ्ठा कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ का ५३ वर्षीय याेगीलाई प्रथम उपहार बज्जाज कम्पनीकाे १५० सिसी पल्लसर बाइक पर्न सफल भएकाे हाे । उनकाे चिठ्ठा नम्बर १०५९ रहेकाे थियाे ।
त्यस्तै दाेस्राे उपहार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुरका प्रेम विक्रम शाहले डेल कम्पनीकाे एक ल्यापटप उपहारस्वरूप प्राप्त गरेका छन् भने तेस्राे उपहार शिखर नगरपालिका वडा नम्बर ६ तलकाेटका उपेन्द्र मल्लले साङसुङ ग्यालेक्सी माेबाइल प्राप्त भएकाे छ ।
त्यसैगरी सान्त्वना उपहार प्रतिव्यक्ति १० जनाले कलसर सि एट माेवाइल प्राप्त गरेका छन् ।
पुज्य धर्मान्तक बृद्धा आश्रम डाेटीका अध्यक्ष दिनेश बहादुर राेकायाका अनुसार चिठ्ठा खाेल्ने अन्तिम दिनसम्म १ हजार ४ सय ३४ चिठ्ठा बाँडिएकाे बताउनुभयाे ।











