दार्चुला / दार्चुलाको जिल्लाको महाकाली नगरपालिका–५ महाकाली नदीमा बिहिवार दिउँसो भारतीय नागरिक मृत फेला परेका छन्।
ठड्याकाठो सडकदेखि एक सय मिटर तल महाकाली नदीमा मृत फृला पर्नेमा भारतका २५ वर्षीय प्रेम सिंह नेगी रहेकाे दार्चुला प्रहरी स्राेतले जनाएको छ ।
भारतको विथौरागढ चैसिल धारचुला जिप्टीका नेगीको शव नदीको ढुङ्गाको बिचमा फेला परेको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएको छ ।











