सिलगढी /डाेटीमा रुखबाट लडेर एक महिला घाइते भएकी छन् । बिहीबार साढे ५ बजेकाे समयमा रूखबाट लडी घाइते हुनेमा जिल्लाकाे आदर्श गाउँपालिका ७ सातला बस्ने राम किमाडीकी श्रीमती २५ वर्षीय कलु किमाडी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
उनी आफ्नो घर नजिकैको भिमलको रुखबाट लडी घाइते भएकी हुन् । घाइते उनकाे कम्मर, बाँया खुट्टा र दाहिने हातको पाखुरामा भित्री चोट लागेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले बताउनुभयाे।
घाईतेकाे सुजङ अस्पताल राजपुर, डोटीमा उपचार भैरहेको छ ।











