मनमाेहन ठकुल्ला, डाेटी
डाेटीकाे के. आई. सिंह गाउँपालिका वडा नम्बर ४ बास्काेटमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
घाइते हुँनेमा कैलाली जिल्लाकाे टिकापुर नगरपालिका ६ बस्ने १७ वर्षीय राहुल चौधरी, साेही ठाउँका २२ को पर्शु चौधरी र कैलालीकाे भजनी नगरपालिका ८ बस्ने ३० वर्षीय दुर्जन चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
बिहीबार १ बजेकाे समयमा लु. २ त. ९७६४ नं. को ट्याक्टरको ट्राली सडकमा पल्टिदा उक्त ट्याक्टरमा सवार लेबरी काम गर्ने ६ जना मध्ये घाइते दुर्जनकाे दाहिने हात, टाउको पछाडी चोट र बाँया काँधको हड्डी भाचिएको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले बताउनु भएकाे छ ।
उनलाई सुजङ अस्पताल राजपुरमा उपचार पश्चात् थप उपचाकाे लागि धनगढीतर्फ रेफर गरिएकाे छ ।
त्यस्तै नायव निरीक्षक नेगीका अनुसार घाइते राहुलकाे बाँया काँध र बाँया गालामा चोट लागेकाे छ भने घाइते पर्सुकाे पनि दाहिने हात, टाउको पछाडी र कम्मरमा चोट लागेकाे र अबस्था सामान्य रहेकाे नायव निरीक्षक नेगीले बताउनु भएकाे छ । त्यस्तै राहुल र पर्सूलाई सामान्य उपचार पश्चात् अस्पतालले डिस्चार्ज गरिसकाे छ ।
ट्याक्टर दिपायल बोक्टान सडकखण्ड अन्तर्गत बास्कोट वायल देखी वडा नम्बर ०३ झिंगाबस्ती तर्फ गईरहेका बेला दुर्घटना भएकाे हाे ।
चालक कैलालीकाे घोडाघोडी नगरपालिका १२ बस्ने ४० वर्षीय बालकृष्ण चौधरी फरार रहेकाे प्रहरीले जनाएको छ ।











