कैलाली, कैलालीमा दुई फरार प्रतिवादीलाई पक्राउ गरिएकाे छ । कैलाली प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेका कृते मुद्दामा १ वर्ष कैद सजाय र ५० रुपैँया जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-८ का बसन्त राना र चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका-१ बस्ने विष्णु गोतामे रहेका छन् ।
दुबै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएकाे थियाे ।











