बैतडीः बैतडीकाे पुर्चौडी नगरपालिका-३ मा एक पुरुष मृत फेला परेका छन्।
बैतडी प्रहरीका अनुसार बुधवार दिउँसो मृत फेला पर्नेमा गौरीगाउँका ४६ वर्षीय नरबहादुर बोहरा रहेकाे जनाएको छ ।
उनी सोही ठाउँको बडछडी खोलामा मृत अबस्थामा फेला परेका हुन। बाेहरा गत फागुन महिनाको १९ गतेदेखि बेपत्ता भई खोजतालस गर्ने क्रममा बुधवार दिउँसो उक्त स्थानमा मृत फेला परेका प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाइएको छ ।











