मनमाेहन ठकुल्ला, डाेटी
डाेटी जिल्ला कारागारमा रहेका कैदीबन्दीकाे तनाव व्यवस्थापन गर्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल, डोटीले योग तथा स्वस्थ जिवनशैली परामर्श सम्बन्धी ७ दिने कार्यक्रम सुरु गरिएकाे छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रकाे वार्षिक स्वीकृत कार्यक्रमअनुसार स्वस्थ जीवन् कार्यक्रम अन्तर्गत ६७ जना कैदीबन्दीहरुलाई योग तथा जिवनशैली परामर्श कार्यक्रम संचालन गरिएको हाे ।
कार्यक्रमको उद्घाटनमा बोल्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डोटिका निमित्त कार्यालय प्रमुख विद्या गिमिरे(देउवा)ले कारागारमा रहेका कैदीहरुलाई विभिन्न किसिमका तनाव हुने तथा तनावले गर्दा थुप्रै अन्य स्वास्थ्य सम्बन्धि समस्याहरु आइपर्ने भएको त्यसकाे पूर्व व्यवस्थापन आवश्यक रहेकाे बताउनु भयाे ।
योग प्रशिक्षक बलदेव जोशीद्वारा कारागार वन्दी गृह भित्र कैद भुक्तान गरिरहेका कैदिवन्दीलाई प्रशिक्षण गरिदैछ ।











