युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला,
डाेटी, बैशाख १० गते
डोटीको दिपायल सिलगढी नगरपालिका–३ स्थित दिलिपेश्वर माध्यमिक विद्यालयमा किशोरकिशोरी लक्षित सूचना केन्द्र तथा एएफआइसी स्थापना गरिएको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को सहयोगमा नगरपालिका र पिसविन नेपालको साझेदारीमा “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत उक्त केन्द्र सञ्चालनमा आएको हो। आज बिहीबार एक आ‌ैपचारिक कार्यक्रमका साथ सञ्चालनमा ल्याइएकाे हाे ।

विगत दुई वर्षदेखि सञ्चालनमा रहेको सूचना केन्द्रमार्फत किशोरकिशोरीलाई शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक समानतासम्बन्धी जानकारी प्रदान गर्दै आइएको छ।

केन्द्रमा विभिन्न पोस्टर, पम्प्लेट, पुस्तक, बुक र्‍याक, प्राथमिक उपचार सामग्री, हाइट–वेट मापन तथा स्वास्थ्य परीक्षण उपकरण, आराम कक्ष, हाइड्रोलिक बेड, सेनिटरी प्याड र हर्ट ब्यागको व्यवस्था गरिएको छ। विशेषगरी महिनावारी भएका छात्राहरूका लागि सुरक्षित आराम स्थल उपलब्ध हुँदा विद्यालयमा उनीहरूको नियमित उपस्थितिमा सुधार आएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयकी छात्रा अनुश्का बोगटीका अनुसार असहज अवस्थामा सूचना केन्द्रले आवश्यक सहयोग र आराम प्रदान गरेको छ। छात्र परजोल सुनारले केन्द्रमा उपलब्ध सामग्रीले उमेरअनुसार हुने परिवर्तन बुझ्न सहज भएको बताए भने चन्द्र साउँदले मानसिक तनाव व्यवस्थापनमा समेत केन्द्र उपयोगी रहेको अनुभव सुनाए।

प्रधानाध्यापक दीर्घ कठायतका अनुसार सूचना केन्द्र र रुपान्तरण कक्षा सञ्चालनपछि विद्यार्थीहरूको अनुशासन, आत्मविश्वास र अतिरिक्त क्रियाकलापमा सक्रियता बढेको छ। साथै विद्यार्थीहरूले विद्यालय बाहिर समेत लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गर्न थालेका छन्।

यसैबीच, वडा नम्बर ९ स्थित तेडी माध्यमिक विद्यालयका विद्यार्थीहरूले उक्त केन्द्रको अवलोकन भ्रमण गरिएकाे छ । भ्रमणमा सहभागी छात्रा अप्सराले यस्तो सुविधा आफ्नै विद्यालयमा पनि आवश्यक रहेको बताउँदै यसले विद्यार्थीलाई ठूलो लाभ पुग्ने धारणा राखिन्।

दिलिपेश्वर माविमा सञ्चालन भइरहेको सूचना केन्द्र किशोरकिशोरीको ज्ञान, सीप, स्वास्थ्य र आत्मविश्वास अभिवृद्धिमा प्रभावकारी बन्दै गएको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय