सिलगढी,
डाेटीमा जंगली जनावर चितुवाले आक्रमण गर्दा एक किसानका ४ बाख्रा बेपत्ता र २ बाख्रा गाेठमै मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार चितुवाले साेमबार साढे ११ बजेको समयमा जिल्लाकाे पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ भडारगाँउ बस्ने शंकर लुहारका बाख्रा मारेका हुन् ।
घर नजिकै रहेको गोठ भित्र बाँधेका ६ वटा बाख्रा चितुवाले आक्रमण गरी ४ वटा बाख्रा बेपत्ता र २ वटा गोठ भित्रै मारेका जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक रानायण सिं नेगीले बताएका छन् ।
प्रहरीमा जानकारी पुग्नासाथ घटना स्थलमा प्रहरी टाेली खइएकाे छ ।
त्यस्तै चितुवाले बाख्रालाई आक्रमण गरी क्षति पुर्याउदा किन लुहार चिन्तामा डुबेका छन्











