मनमाेहन ठकुल्ला, डाेटी
किसानहरूको विवरण संकलन गर्न डाेटीमा किसान सूचिकरण तथा तथ्यांक अद्यावधिक कार्यक्रम सुरू गरिएकाे छ ।
कृषि ज्ञान केन्द्र डाेटीकाे समन्वयमा जिल्लाका नाै ओटै स्थानीय तहका कृषि शाखा प्रमुख र कृषि प्राविधिकलाई उपल्लो निकायका प्रशिक्षकद्वारा उक्त कार्यक्रम सम्बन्धी तालिम दिन सूरू गरिएकाे छ ।
जिल्लामा कार्यक्रम लागू भएपछि कुन किसान हाे र कसले अनुदान पाउनु पर्ने हाे भन्ने कुरा किसान सुचिकरणबाट छुट्याउन सकिने प्रशिक्षक संजिव पण्डितले बताउनु भयाे ।
तीनै तहबाट सञ्चालन हुने कृषि विकासका कार्यक्रमलाई वैज्ञानिक, पारदर्शी र प्रभावग्राही बनाउन, अनुदानका कार्यक्रमहरुलाई व्यवस्थित गर्न, राष्ट्रिय तथ्यांक प्रणालीलाई मजवुत बनाउन, कृषकको मनोबल उच्च बनाउँदै कृषि विकासमा उत्प्रेरित गर्न, समग्र कृषि विकासलाई डिजिटल कृषि पद्धतिको रुपमा विकास गर्न, समग्रमा कृषि सुशासन प्रवर्द्धन गर्न, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को व्यवस्था अनुरुप कार्य गर्न, संरक्षित कृषि सुनिश्चित बचतको कार्यान्वयनकाे समावेश,
कृषि विकास रणनीतिको अन्तरनिहीत आशय लगायतका कुराहरूकाे विस्तार गर्न सुचिकरण आवश्यक रहेकाे प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद अर्यालका अनुसार कृषि महत्त्वपूर्ण कुरा हाे, कृषि क्षेत्रमा राज्यले थुप्रै कार्यक्रम गरिरहेकाे तर प्रभावकारी नभएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, “सबैले जिम्मेवारी वहन गर्दै काम गर्न पर्छ, सुशासन र विकासकाे क्षेत्रलाई ध्यान दिएर ।”
साथै प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो,” समग्रताकाे माध्यमबाट कृषि क्षेत्रमा सेवा सुविधा प्रदान गर्न सुचिकरण महत्त्वपूर्ण रहेकाे बताउनु भएकाे छ । कृषि परिचयपत्रमा राष्ट्रिय परिचयपत्रकाे नम्बर आवश्यक रहेकाे बताउनु भयाे ।
जिल्लामा खेतीयोग्य जमिन बाँझो रहने समस्या सिचाइ सुविधाकाे अभाव रहेकाे कृषि ज्ञान केन्द्र डाेटीका निमित्त प्रमुख गंगा दत्त अवस्थीले बताउनुभयाे । त्यस्तै बाँझो जमिनमा फलफूल खेती विस्तार गर्न पहल चाल्ने अवस्थीले बताउनु भएकाे छ ।
राष्ट्रिय कृषि गणना २०७८ अनुसार डाेटीमा कृषककाे संख्या ३९ हजार ५ सय ७२ रहेकाे छ ।
देशमा सुचिकरण वि. स २०७७ सालबाट सुरूभएकाे थियाे ।











