बझाङ / बझाङमा गुडिरहेको जीपमाथि ढंगा बजारिदा २ जना घाइते भएका छन् ।
खप्तडछान्ना गाउँपालिकाबाट तमैल तर्फ गइरहेको से १ च १३३६ नम्बर जिपमा माथी ढुङ्गा खस्दा जिपमा सवार २ जना घाइते भएका स्थानीय स्राेतले जनाएको छ ।
घाइतेको पहिचान खुल्न बाँकी रहेकाे र घाइतेको उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ ।
जिप जडारी गाडमा काम गर्ने ठेकेदारको रहेको स्राेतबाट खुल्न आएकाे छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।











