मनमाेहन ठकुल्ला, डाेटी/ डाेटीमा एक जना मृत अवस्थामा फेला परेका छन् । सनिवार मृत फेला पर्नेमा जिल्लाकाे आदर्श गाउँपालिका वडा नं. ५ गोग्नाडी पतना बस्ने ३८ वर्षीय लक्ष्मण भट्टराई रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
उनी चैत २ गते बेलुकी घरबाट हिँडेका थिए । त्यसपश्चात घर परिवारको सम्पर्कमा नआएपछि खाेजतलास गर्दै जाँदा हिजो ११;४५ बजेको समयमा साेही ठाउँ नौलाखोला भन्ने स्थानमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले बताएका छन् ।
मृतक भट्टराई सडकबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा फेला परेका थिए ।
भट्टराईकाे लास पोस्टमार्टमकाे लागि जिल्ला अस्पताल डाेटीमा पठाइएको प्रहरी नायव निरीक्षक नेगीले बताएका छन् ।











